१२ श्रावण २०८१, शनिबार

संस्थागत स्वःमुल्यांकन कार्य शुरु



धनगढी । धनगढी उपमहानगरपालिकाले आफूले सम्पादन गर्ने कामलाई प्रभावकारी बनाउन संस्थागत स्वःमुल्यांकन प्रणाली सुरु गरेको छ ।
सोमबारदेखि सुरु भएको स्वःमुल्यांकन पा“च दिनसम्म सञ्चालन हुने धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
उनले भने– उपमहानगरपालिकाले थुपै काम गरेको छ । ती कार्यहरू नीति र विधिअनुसार सञ्चालन गर्न सक्यौ कि सकेनौ भन्ने हामी आफैंले लेखाजोखा गर्ने छौं ।
उनले स्थानीय सरकारले गर्ने कामकारबाही प्रभावकारी बनाउनका आफैले मुल्यांकन गर्ने र कमीकमजोरी पत्ता लगाएर समाधान गर्ने उद्देश्यले संस्थागत स्वःमुल्यांकन भइरहेको बताए ।
उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले आफुले गरेका कामको आफै मुल्यांकन गर्ने र त्यसबाट पाठ सिक्दै अगाडी बढ्ने (लिजा) विधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको बताईन । उनले भनिन– यसमा स्थानीय सरकार सञ्चालन ऐन, लगायत स्थानीय सरकारसंग सम्वन्धीत कानुनको पालना कति हुन सकेको छ भनेर स्वयं मुल्यांकन गरिनेछ ।
संस्थागत स्वःमुल्यांकन कार्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्व सहसचिव पुरुषोत्तम नेपाल र पशुपति पोख्रेलले सहजीकरण गरिरहेका छन् । संस्थागत स्वःमुल्यांकन कार्यमा जिआईजेड÷सिडिएसजी कार्यक्रमको प्राविधिक सहयोग रहेको छ । संस्थागत स्वःमुल्यांकनमा एक सय ५० सूचकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार