१० श्रावण २०८१, बिहीबार

मेलमिलाप तालिम



धनगढी । कैलालीको धनगढीमा मेलमिलाप सम्बन्धी आठ दिवसिय आधारभुत तालिम शुरु भएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा शुरु भएको तालिमको कैलाली जिल्ला अदालतका जिल्ला न्यायधिश जयानन्द पनेरुले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै न्यायधिश पनेरुले समाजमा विकृति, हत्या हिंसा जस्ता कुरालाई निरुत्साहन गर्न मेलमिलापनै पहिलो आवश्यकता रहेको बताए । उनले भने–‘समाजिक सद्भाव विथोल्न नदिन मेलमिलापले ठुलो सहयोग गर्छ’ उनले भने –‘समाजलाई राम्रो बाटोमा डोहोर्याउन मेलमिलापले ठुलो भुमिका खेल्छ ।’ उनले अहिले स्थानीय तहका न्यायिक समिति, मेलमिलाप केन्द्र लगायतले राम्रो काम गरिरहेको चर्चा गरे ।
केन्द्रका क्षेत्रीय प्रमुख बल्लु चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको स्वागत तथा सञ्चालन प्रशिक्षक कमला विष्टले गरेकी थिइन् ।
तालिममा कैलाली, कञ्चनपुर, बा“के, वर्दिया, अछाम, डोटी र डडेल्धुराका प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका मेलमिलापकर्ता (माकुरा समुह)का सदस्यको सहभागिता रहेको छ । तालिममा केन्द्रका कार्यक्रम अधिकृत दीपकराज भट्ट, कमला विष्ट लगायतले प्रशिक्षण दिइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार