१२ श्रावण २०८१, शनिबार

कर्मचारीको माग



धनगढी । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न तहका एक सय ४१ कर्मचारी माग गरेका छ ।
प्रदेश मातहतमा रहेका अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि ६४ जना डाक्टर सहित एक सय ४१ जना कर्मचारी माग गरिएको हो ।
स्वास्थ्य निर्देशनालयले बुधबार २१ दिने सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको छ । स्वास्थ्य निर्देशनालयले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिन भित्रै आवेदन दिन आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पतालहरुमा चिकित्सक नभएकै कारण विरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ । चिकित्सकको संख्या न्यून भए पनि अस्पतालमा बिरामीको चाप भने धेरै छ । करारमा कर्मचारी थप भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार