१२ श्रावण २०८१, शनिबार

क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै नगरपालिका घेराउ



धनगढी । टिपर चालकलाई कानूनी कारबाही र मृतकका आफन्तलाई उचित क्षतिपुर्तीको माग गर्दै आईतवार स्थानीयले कञ्चनपुरको बेलौरी नगरपालिका घेराउ गरेका छन ।
स्थानीयले नाराबाजी गर्दै बेलौरी बजार तथा यातायात समेत बन्द गराएका छन । आक्रोसित आफन्तसहितका स्थानीयहरूले बेलौरीदेखि महेन्द्रनगर जादै गरेको म १ ख ५२७ नम्बरको बस समेत तोडफोड गरे। भिड नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शनिवार दिउ“सो बेलौरी नगरपालिका वडा नम्बर ४ रिछाहाका नौ वर्षीय आकाश रानालाई म १ ख ८४९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । घटना लगत्तै मृतक बालकका आफन्त तथा स्थानीयले टिप्पर आगजनी गरेका थिए ।
टिप्परमा लगाएको आगो भने प्रहरीले नियन्त्रयणमा लिएको थियो । भीडलाई शान्त पार्न इलाका प्रहरी कार्यालय बेलौरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो ।
फरार रहेको टिप्पर चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार