४ असार २०७८, शुक्रबार

अटो दुर्घटनामा एकको मृत्यु



धनगढी । कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ५ भूटनीदेवी मन्दीर नजिक शनिबार विद्युतीय रिक्सा (अटो रिक्सा) दुर्घटना हुदा एकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।
दुर्घटनामा पुनर्वास नगरपालिका वडा नम्बर ४ का अटो रिक्साचालक ३५ वर्षका अर्जुन धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउ“का ६४ वर्षीया लक्ष्मी ढकाल घाईते भएका छन ।
आइबिआरडीबाट धनगढीतर्फ आइरहेको सु.प.प्र. ०१००१ ह ३०८१ नम्बरको रिक्सा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शनिबार नै कञ्चनपुरको बेलौरीमा टिप्परको ठक्करबाट एक किशोर घाईते भएका छन ।
टिप्परको ठक्करबाट बेलौरी रिछाहका १५ वर्षीय आकाश राना घाइते भएका छन् ।
बेलौरी बजारको लक्ष्मी स्विट्स नजिक म १ ख ८४९ नम्बरको टिप्परले आकाशलाई ठक्कर दिएको थियो ।
घटनापछि स्थानीयले टिप्पर तोडफोड गरेका छन । टिप्पर चालक फरार रहेको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि धनगढी रिफर गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका ईञ्चार्ज रणबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्