१ बैशाख २०८१, शनिबार

सामुदायिक वनको भवन उद्घाटन



बौनिया । रानीजरुवा सामुदायिक वन उपभोक्ता समुह बर्दगोरीया ३ रानीकुण्डाको भवन उद्घाटन भएको छ । आईतबार एक कार्यक्रमका आयोजना गरी बर्दगोरीया गाउपालिका वडा नम्बर ३का वडा अध्यक्ष करने सुनारले गरेका हुन् ।
समुहका अध्यक्ष लालसिह बिश्वकर्माको सभापतित्व भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी बर्दगोरीया गाउपालिका वडा नम्बर ३का वडा अध्यक्ष करने सुनार रहेका थिए । उद्घाटन कार्यक्रममा सब डिभिजन रामपुर कैलालीका प्रमुख कृष्ण बोहरा, बर्दगोरिया गाउपालिका कार्यपालिका सदस्य कोकिला खत्री, न्यायिक समितिका सदस्य टंकराज ओली र वडा सदस्य बिरबहादुर बौडेल, बुद्धीसरा बिक बिशिष्ठ अतिथी रहेका थिए । दानुफाटा नमुना समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकराज जोशी, साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन ओलीले सामुदायिक वनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आठ लाख लगानीमा निर्मीत समुहको लागनी रहेको भवनको उद्घाटन कार्यक्रममा समुहकी सचिव मनिषरादेबी बिक बिकले गरेरको कार्यक्रमको संचालन आस्मीन कुमार बिकले गरेका थिए ।
रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुलाई बंगुरका पाठापाठी बितरण गरेको छ । आईतबार एक कार्यक्रमका बिच विपन्न, गरिब र दलित समुदायका ४८ जना उपभोक्तालाई बंगुर वितरण गरेको हो ।
बिउपुजी स्वरुप वितरण गरेका पाठापाठीलाई ९ नौं महीनासम्म अनिवार्य पाल्नुपर्ने र विस्तारै व्यवसायीक रुपमा फर्म विकास गर्दै लैजानुपर्ने सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष लालसिहं विकले बताए ।
उनले वितरण गरेका पाठापाठीले उपभोक्ताको आर्थिक जिवनस्तरमा सुधार हुदै जाने बताए । यस्तै सामुदायीक वनले वन संरक्षरणको लागी थुप्रै कामहरु गर्दै आएको बताए ।
बंगुरका पाठापाठी पाएपछि स्थानिय खुशी भएका छन् । सामुदायीक वनले वितरण गरेका बंगुरका पाठापाठीलाई पालेर आफ्नो आयआर्जनको स्रोत बनाउने स्थानियको भनाई रहेको थियो ।
पाठापाठी वितरण कार्यक्रममा बर्दगोरीया वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनारले सामुदायीक वन दिएका पाठापाठीलाई पालेर आयआर्जनको स्रोत बनाउन स्थानियलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार