पुनर्ताजगि तालिम
बौनिया । सामुदायिक मेलमिलाप सहजकर्ताहरुका लागी फागुन १६ गते देखि सुरु भएको तीन दिने पुर्नताजगी प्रशिक्षण तालिम आइतबार बर्दगोरीया गाउ“पालिकमा भएको छ । बर्दगोरीया गाउपालिका न्यायिक समितिको आयोजना तथा सामुदायिक सहकारीता विकास तथा अनुसन्धान केन्द्र नेपालको सहकार्यमा सो तालिम भएको हो ।
बर्दगोरीया गाउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भगवति देवि डगौरा थारुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरी समुदायमा भएका समस्याहरुलाई मिलाउन सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने बताए । साथै उपाध्यक्ष थारुले समुदायमा हुने विवादलाई मेलमिलापका माध्यमबाट गाउघरमै मिलाउन यो तालिमले सजीलो हुने सहजकर्ताहरुलाई जानकारी दिए ।
तालिममा बोल्दै सामुदायिक मेलमिलाप वडा नं. १ का संयोजक देवेन्द्र शाहीले तालीममा मेलमिलापका चरणहरुको बारेमा जानकारी प्राप्त भएको बताए । शाहीका अनुसार वडा नं. १ मा मेलमिलाप सम्बन्धी विवादहरु दर्ता गर्ने अवस्था नभएका कारण सिधै न्यायिक समितिमा जाने र न्यायिक समितिले वडा नं. १ लाई विवाद मिलाउन आग्रह गर्दा समस्या समाधान हुने गरेको बताए । शाहीले भने– ‘छलफलबाट विवाद समाधान हुन्छ ।’ उनले सहमति अनुसारनै विवादलाई समाधान गर्ने गरेको बताए । विवाद मिलाउदा केही ज्ञानका साथै तरीकाको कमी हुने गरेको थियो तालिम पश्चात अव समस्या समधान गर्न सजिलो हुने उनले बताए ।
यसै गरी वडा नं. ६ की संयोजक पुर्णा भण्डारी बुढाले गाउ घरमा भएका विवादलाई कसरी मिलाउने भन्ने विषयमा जानकारी प्राप्त गरेको बताईन । यो तालिम बाट राम्रो शिक्षा पाएको बताउदै बुढाले सरल तरीकाले कसरी विवाद मिलाउन सकिन्छ र कसैको पक्ष नलिएर दुवैलई न्याय दिन सकिने कुराका बारेमा जानकारी पाएको बताईन ।
कार्यक्रममा वर्दगोरीया गाउपालिका वडा नं. १ का वडा अध्यक्ष जयरुप खतिवडा, वडा नं. २ का अध्यक्ष भेखु चौधरी, ५ क अध्यक्ष श्याम कुमारी चौधरी, कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य र मेलमिलाप कर्ताहरुको सहभागिता रहेको थियो ।
मेलमिलापकर्ताहरुको काम, कर्तव्य, अधिकार र समाजमा घटेका घटनाहरुलाई कसरी मेलमिलाप गर्न सकिन्छ भन्ने विषयमा सचिदानन्द जोशी र लाल महराले सहजीकरण गरेका थिए ।