१२ श्रावण २०८१, शनिबार

मूल्यबृद्धि विरुद्ध प्रदर्शन



धनगढी । नेपाली कांग्रेस भातृसगंठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले धनगढीमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । विभिन्न क्याम्पसका विद्यार्थीहरुले कैलाली बहुमुखि क्याम्पस अगाडि आईतबार बिहान विरोध गरेको हो ।
सरकारलाई किताबमा र पेट्रोलियम पदार्थमा लगाईएको कर फिर्ता लिन, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न र बालुवाटार र बा“स्कोटा प्रकरण छनबिनको माग राख्दै नेविसंघले प्रर्दशन गरको नेबिसघंका नेता गजेन्द्र शाहीले जानकारी दिए ।
प्रर्दशनका क्रममा सरकार विरुद्ध नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको राजिनामा समेत मागे ।
किताब तथा पेट्रोलियम पदार्थमा कर लगाउने कदमबाट सरकार पछि नहटेसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार