१२ श्रावण २०८१, शनिबार

बाल संगठनको साधारण सभा



धनगढी । नेपाल वाल संगठन कैलालीको वार्षिक जिल्ला सभा बैठक (साधारण सभा) शनिबार भएको छ ।
साधारण सभाको धनगढी उपमहानगरपालिका प्रमुख नृपवहादुर वडले उद्घाटन गरे ।
कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्ट र नेपाल बाल संगठनका केन्द्रिय महासचिव गणेशभक्त श्रेष्ठ, बाल संगठनका केन्द्रिय कोषाध्यक्ष रामकृष्ण कडेल, डाक्टर तुल्सीराम जोशी, चिन्तामणी भट्ट, दृष्टि फाउण्डेसनका कल्पना भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा दृष्टि फाउण्डेसनका कल्पना भट्ट, आमाको माया छात्रवासका योगेन्द्र चन्द, जेहेन्दार विद्यार्थी कुशल देवकोटा र सोनु फेसन पइन्टका संञ्चालकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल वाल संगठनका कैलाली जिल्ला सभापति भुवनेश्वर पन्तले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष भजन जैसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य टोपराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य नेत्र उपाध्यायले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिब नृप सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार