११ श्रावण २०८१, शुक्रबार

बाजुरामा दादुरा–रुबेला खोप लगाइदै



बाजुरा । बाजुरामा दादुरा–रुबेला खोप लगाउने अभियान अघि बढाइने भएको छ । दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुराका १८ हजार बढि बालवालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताए ।
जिललामा आगामी चैत्र १ गतेदेखि महिनाभरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने छ । नौ महिनादेखि पा“च वर्ष उमेरका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानका लागि पुर्व तयारी भइरहेको छ । स्वास्थ्यकर्मीहरूको सहभागितामा छलफल भइरहेको छ । स्थानीय तहहरू, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले अभियानमा सहयोग गरिरहेका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख पन्तले राष्ट्रिय लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिकालाई खोप दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार