११ श्रावण २०८१, शुक्रबार

जनता रामाविको ५८ औं वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालयको सोमबार ५८ ओं वार्षिकोत्सव कार्याक्रम भएको छ । वार्षिकोत्सव समारोहको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले कुनै पनि कार्यक्रमलाई अनावश्यक खर्चिलो र भड्किलो नबनाउन आग्रह गरे ।
उनले स्थानीय जनप्रतिनिधीहरू अतिथि हुने कुनै पनि कार्यक्रममा खादा, ब्याच जस्ता सामग्री प्रयोग नगर्न आग्रह गरे ।
उनले खादा तथा ब्याच प्रयोग गरिने कार्यक्रममा सहभागी हुन असमर्थ हुने बताए ।
उनले उपमहानगरपालिकाका कुनै पनि स्थानमा आयोजना हुने कार्यक्रममा मायाको चिनो वितरण गर्दा शिवपुरी धाम, बेहडाबाबा र जाखोर तालको तस्वीर राख्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले विद्यालयको पढाईमा सुधार ल्याउन अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनोद पन्तको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार