११ श्रावण २०८१, शुक्रबार

मानव अधिकारको अवस्थाबारे छलफल



धनगढी । एमनेष्टी ईन्टरनेशनलको आयोजनामा आइतबार धनगढीमा सन् २०१९ मा नेपालमा मानवअधिकारको अवस्थाबारे छलफल तथा अन्तरसंवाद कार्यक्रम भएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विकास निर्माणका कामहरु अवरुद्ध गर्नु मानवअधिकारको उल्लंघन भएको बताए ।
उनले भने– नगर क्षेत्रमा निर्माण भएका विभिन्न सडकहरुमा रहेका दुई सय ६५ रुख हटाउन जिल्ला बन कार्यालयसंग अनुरोध गरेको दुई वर्ष भइसक्यो, तर अझैं हटाइएको छैन । सडकको बीचमा रहेका रुखका कारण सवारी दुर्घटनामा सात जनाको ज्यान गइसकेको छ ।
उनले विकास निर्माण कार्यमा अवरोध सिर्जना हुदा पनि मानवअधिकारकर्मीहरु मौन बस्ने गरेको गुनासो गरे । उनले भने– कतिपय सन्दर्भमा मानव अधिकारकर्मीहरु नै ऐलानीपर्ति जग्गा कब्जा गर्ने, सडकमा पर्खाल लगाएर विकास गर्न नदिने व्यक्तिका पक्षमा नै वकालत गरिरहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार