११ श्रावण २०८१, शुक्रबार

तारानगर साबउको नया कार्यसमिति गठन



धनगढी । धनगढीको तारानगर सामुदायिक बन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको निर्वाचनबाट देव कुमार चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले एक सय ३३ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी चित्रा ओझाले ८८ मत प्राप्त गरिन् ।
त्यस्तै, सचिवमा रमा चन्द एक सय १८ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी धनराज अवस्थीले ८२ मत प्राप्त गरे ।
त्यस्तै, कोषाध्यक्षमा यशोदा भण्डारी एक २५ मत सहित विजयी भइन् । उनका प्रतिस्पर्धी अनिता चौधरीले ९० मत प्राप्त गरिन् ।
समितिका अन्य पद भने निर्विरोध भएका थिए । समितिको उपाध्यक्षमा कलावती पडाल, सहसचिवमा रिता कार्की, र सदस्यहरुमा प्रकाशराज भट्ट, जयराज जोशी, जगत बहादुर शाही, सुशीला भट्ट, शान्ति बम, सरस्वती कुवर, जोधनी चौधरी र हुकुम शाह चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार