४ असार २०७८, शुक्रबार

शुभप्रभातको वार्षिक साधारण सभा



बौनिया । कैलालीको बर्दगोरीया गाउ“पालिका वडा नम्बर ५ भुरुवास्थित शुभप्रभात कृषि सहकारी संस्थाको पाचांै वार्षिक साधारण सभा शनिबार भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष बाल चन्द्र कठरीयाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा वडा नम्बर ५ का अध्यक्ष श्याम कुमारी चौधरी, बर्दगोरीया गाउ“पालिका कृषि शाखा प्रमुख झंकर बहादुर रावत, वडा सदस्य बेलु देवि वि क, नेपाली कांग्रेसका हरिराम डगौरा, राम नारायण थारु, जनता आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र कुश्मी, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा संस्थाका व्यवस्थापनक शिवनारायण कठरियाले गत आर्थिक वर्ष २०७५÷०७६ कोे ४३ लाख १० हजार रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
साधारण सभाले पुनः बालचन्द्र कठरियालाई संस्थाको अध्यक्षमा चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा राजेश कुमार चौधरी, सचिवमा रमेश कुमार कठरीया, कोषाध्यक्षमा विनु देवि कठरीया रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा ईन्दु कुमारी चौधरी, तिलक राम कठरीया, मिनराज कठरीया, युवराज कठरीया, र सुवेश कठरीया रहेका छन । यसैगरी लेखा समिति संयोजकमा कमेश राज कठरीया तथा सदस्यमा धिरेन्द्र चौधरी र मथुरी देवि चौधरी रहेका थिए । भने ऋण संयोजकमा बाधुराम चौधरी तथा सदस्यमा राम चन्द्र डगौरा र रवर सिंह कठरीया रहेका छन ।

प्रतिक्रिया दिनुहोस्