१२ फाल्गुन २०८०, शनिबार

मल्लिकार्जुन सेवा समितिद्वारा रक्तदान कार्यक्रम



धनगढी । मालिकार्जुन दार्चुला सेवा समितीले धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सेवा समितीको आयोजनामा शनिबार धनगढीको पार्कमोडमा बृहत रक्तदान कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा एक सय १९ जनाले रक्तदान गरेका छन् । मानविय र सामाजिक सेवामा सक्रिय रहदै आएको समाजले बिभिन्न सहयोगीको साथबाट रक्तदान कार्यक्रम गर्न सफल भएको सेवा समितीले जनाएको छ ।
मालिकार्जुन दार्चुला सेवा समितीका अध्यक्ष महेन्द्र पन्तले संस्थाले आगामी दिनमा मन्दिर, अस्पताल सरसफाई लगायतका सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार