१२ श्रावण २०८१, शनिबार

समैजी अन्तरविद्यालय फुटवल च्याम्पियन



धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा भएको प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता समैजी मावि मझगाउले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा समैजीले पुष्पाञ्जली स्कुललाई सून्यका विरुद्ध तीन गोलले हराउदै उपाधी जित्यो ।
तीन वटै गोल समैजीका भरत महतले गरेका थिए । उपाधीसंगै समैजीले एक लाख रुपैया पुरस्कार पाएको छ भने उपविजेता पुष्प्ाँञ्जलीले ५० हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगितामा उज्यालो शिशु सदन लम्कीका सुदिप कठरीया उत्कृष्ट खेलाडी बने । त्यस्तै, समैजीका भरत महत सर्वाधिक गोलकर्ता र गोवर्धन चौधरी उत्कृष्ट गोलरक्षक बने ।
फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश भित्रका १९ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार