११ श्रावण २०८१, शुक्रबार

डडेल्धुरामा डेंगु देखापर्‍यो



डडेल्धुरा । गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन् । अमरगढी नगरपालिका वडा नम्बर ६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ ।
‘दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,’ अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले भने ।
ती बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन् ।
गत वर्ष वर्षाको समयमा डडेल्धुरामा १२ जनामा डेंगु रोग देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार