४ असार २०७८, शुक्रबार

सुत्केरी महिलाको उद्दार



दार्चुला । दार्चुलामा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ का एक सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।
जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएका ३२ वर्षीया कौसिला धामीको हवाई उद्दार गरिएको हो । सुत्केरी हुनु समय अगावै धामीले बच्चा जन्माएका हुन ।
छ महिनामै बच्चा जन्मदिएपछि उनलाई आईसियु उपचारको लागि कोहलपुर नेपालगन्ज रेफर गरिएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको विशेष पहलमा महिलाको उद्दार गरिएको छ । सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाको उद्दार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्