१२ श्रावण २०८१, शनिबार

चट्यांगबाट एकको मृत्यु



अछाम । अछाममा चट्याङमा परेर एक जनाको मृत्यु भएको छ ।
अछामको तुर्माखा“द गाउ“पालिका वडा नम्बर ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा शुक्रबार राति चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् ।
यस्तै धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार