३० जेष्ठ २०७८, आईतवार

सिडियोद्वारा कपडा बैंकलाई सहयोग



धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले धनगढीको कपडा बैंकलाई कपडा सहयोग गरेका छन् । प्रमुख जिल्ला अधिकारी बोहराले ४२ थान कपडा बै“कलाई सहयोग गरेका हुन् ।
शनिबार बिहान प्रमुख जिल्ला अधिकारी बोहराले शिवपुरी धाम विकास समितिका सचिव सिद्धराज पनेरु र कपडा बैंकका ज्ञानु शाहलाई कपडा हस्तान्तरण गरे ।
यसअघि पनि उनले ९२ थान कपडा हस्तान्तरण गरेको थिए । ‘सबैलाई सहयोग गर्न आग्रह गर्दछु’ प्रजिअ बोहराले भने– घरमा प्रयोगमा नरहेका कपडाहरु हुन्छन् । त्यो कपडा अरुका लागि प्रयोगमा आउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्