११ श्रावण २०८१, शुक्रबार

लुटतन्त्र संस्थागत हुनथाल्यो– राप्रपा अध्यक्ष थापा



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र संस्थागत हुनलागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘आमुल परिवर्तनको नारा दिएको यो यात्राले लुटतन्त्रलाई संस्थागत गर्दै गएको छ’ शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने– अहिले राजनीतिक दलमात्र होईन व्यवस्था नै भ्रष्ट हु“दै गएको छ । उनले बहुमतका आधारमा ऐन, कानुन परिवर्तन गर्दै भ्रष्टाचार बढेको बताए ।
‘अनियमितता र भ्रष्टाचार कायम गर्न अब कसैसंग डराउनुपर्दैन’ उनले भने– राजासंग डराउ भनौ राजतन्त्र फालिसकिएको छ । भगवानसंग डराउ भनो धर्म निरपक्षता कायम गरिएको छ ।
उनले भ्रष्टाचारलाई निरन्तरता दिन सार्वजनिक निकायलाई मात्र प्रभावमा पारिएको नभई प्रमुख प्रतिपक्षित दल, कर्मचारी संगठनलाई पनि प्रभावमा पारिएको बताए ।
उनले भने– तत्कालीन माओवादीले लडाकुको पैसा खाएर सुरु गरेको भ्रष्टाचारको यात्रा अहिले आएर गोकुल बास्कोटासम्म पुगेको छ ।’
‘अनियमितता र लुटलाई कायम गर्न कुनै कानून बाधा भए बहुमतको आधारमा कानून नै परिवर्तन गर्ने गरेका छन’ अध्यक्ष थापाले भने– ‘भ्रष्टाचारमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि संलग्नता रहेको छ ।’ उनले भ्रष्टाचारलाई रोक्न जनता जाग्ने बेला आएको बताए ।
एमसीसीबारे पत्रकारको एक जिज्ञासामा अध्यक्ष थापाले भने– यो प्राय सबै राजनितिक दलको सहमतिमा तयार पारिएको सम्झौता हो । अहिले सत्तारुढ दलको आपसी बिवादले यो समस्यामा परेको छ । अब यसको सबै जिम्मेवारी सरकारले लिनुपर्छ ।’ उनले एमसिसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको कुनै औचित्य नरहेको समेत बताए ।
आफनो पार्टी राप्रपाको एजेण्डा हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र यथावत रहेको उल्लेख गर्दै अध्यक्ष थापाले भने– एजेण्डा राम्रो हु“दाहु“दै पनि संगठन कमजोर रहेकाले विगतका चुनावमा पराजित भएका हौ“, अब संगठन बिस्तारको अभियानमा अघि बढेका छौ“ ।
राप्रपा संयुक्त र राप्रपा पार्टीबिच एकीकरण बारे अध्यक्ष थापाले आफू सधै“ एकीकरणको पक्षमा रहेको बताए ।
अध्यक्ष थापाले पार्टीको विचार, संगठनलाई बलियो बनाउन अहिले सबै प्रदेशमा प्रदेशस्तरिय अभिमुखिकरण कार्यक्रम गरिरहेको बताए । उनले आगामी जेठ २५ पार्टीको केन्द्रीय महाधिवेशन गरिन लागेको जानकारी दिए । उनले भने –‘पार्टीको विचार, संगठनलाई बलियो बनाउन र पार्टीलाई आगामी निर्वाचनमा नेकपा र का“ग्रेस बराबर बनाउन महाधिवेशन गर्दै छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार