११ श्रावण २०८१, शुक्रबार

चट्यांगबाट दुई घाइते



बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्बर९ को साउद टोलमा चट्याङ पर्दा दुई जना घाईते भएका छन् । घरमा बसिरहेका बेला चट्याङ पर्दा दुइ जना घाईते भएका हुन । शुक्रबार दिउसो पानी परेको बेला चट्याङ परेको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा २१ बर्षिया संजा साउ“द र ६ बर्षिया आकृती साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाईते दुबै जना अछामको बयालपाटा अस्पतालमा उपचारका लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराईले बताए । सोही घर नजिकै रहेको कुखुरा खोरमा रहेका १५ ओटा कुखुरा समेत मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार