१२ श्रावण २०८१, शनिबार

ज्ञानविज्ञान महामहोत्सव शुरु



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका, लिक्मामा शुक्रबारदेखि शिवशक्ति ज्ञानविज्ञान धार्मिक महामहोत्सव सुरु भएको छ ।
महोत्सवको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले उद्घाटन गरिन् ।
सो अवसरमा प्रदेश प्रमुख पन्तले योग तथा धार्मिक प्रवचनले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा गौरीगंगा नगर प्रमुख भीमबहादुर देउवा, आयोजक मूल समारोह समितिका अध्यक्ष दिपेन्द्र गिरी, शिवशक्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुदत्त भट्ट, वडा नम्बर ८ का अध्यक्ष तुलाराम सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
महामहोत्सव आठ दिनसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार