४ असार २०७८, शुक्रबार

सुशासनमैत्री नगरका लागि ज्ञापन



सुखड । सुशासनमैत्री नगरपालिका निर्माणका लागि महादेवा रेडियो श्रोता समुहले गौरिगंगा नगरपालिकालाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।
महादेवा रेडियो श्रोता समुहले नगर प्रमुख भिम बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापन पत्रमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण र सार्वजनिक परीक्षण औजारहरू अभ्यास ल्याउनु पर्ने उल्लेखे छ ।
महादेवा रेडियो श्रोता समुह सहजकर्ता प्रेम जोशी, सदस्य पुस्कर राज अवस्थी, पारस्पारिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक ओम जोशी लगायतले नगर प्रमुख देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्