१२ श्रावण २०८१, शनिबार

माग अनुसारको उत्पादन तालिम



धनगढी । धनगढीमा बजार माग अनुसारको वस्तु उत्पादन तालिम शुक्रबार समापन भएको छ ।
सभा नेपाल, फिल्ड कार्यालय कैलालीको आयोजना तथा यूएन ओमन÷च्यानल फाउण्डेशनको सहयोगमा १५ दिनदेखि फेशन डिजाइन र विभिन्न प्रकारका झोला उत्पादन सम्बन्धी तालिम सञ्चालन भएको थियो ।
५४ जना महिलालाई फेसन डिजाइन तथा झोला उत्पादन तालिम प्रदान गरिएको सभा नेपालका जिल्ला संयोजक दलबहादुर ओलीले बताए । तालिममा स्कूल व्याग, हाते व्याग, ल्यापटप व्याग लगायत १० प्रकारका व्याग बनाउन सिकाइएको उनले बताए ।
फेशन डिजाइनमा गाउन, चोलि लगायत थारु पहिरन लेङगा बलाउज बनाउन सिकाइएको थियो । व्याग बनाउनका लागि पुरान कपडा, खेर जान लागेका कपडाको प्रयोग गरि सबै डिजाइनका व्याग तयार गर्न सकिने संयोजक ओलीले बताए ।
सिप सिकेकाले बजारको माग अनुसार उत्पादन गर्न सक्ने र उत्पादन गरेका सामान बजारीकरण गर्ने संस्थाको उद्देश्य अनुसार पहिलो चरणको कार्यक्रम संचालन गरिएको जनाइएको छ । संस्थाले गारमेन्ट, हयाण्डीक्राफट, खाद्य प्रशोधन र कृषि क्षेत्रमा कैलालीको छ सय ५० महिलाहरूसंग कार्य गर्ने संयोजक ओलीले बताए ।
दुई बर्ष कार्यकाल रहेको संस्था धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिकामा कार्यक्रम विस्तार गरिएको जनाइएको छ ।
१५ दिने तालिम पश्चात कमला चौधरी र सरस्वती चौधरीले बजार मागअनुसार बस्तु उत्पादन गर्न सक्ने बताइन् । उनीहरूले पहिले सानोतिनो व्यवसाय गर्दै आएका थिए । ग्राहकहरूले विभिन्न बस्तुको माग गर्दा बनाउन नसकिएको बताइन् ।
तालिममा सभा नेपालका प्रमुख डिजाइनर बिनि बज्राचार्य, सविता नर्कर्मी, प्रतिक्षा रिजालले फेसनबारे र रिता चौधरीले झोला बनाउने बारे प्रशिक्षण दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार