११ श्रावण २०८१, शुक्रबार

प्रदेशस्तरीय फुटवलकाे फाइनलमा समैजी र पुष्पान्जली उपाधीका लागि भिड्दै



अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी अन्तरविद्यालय प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि समैजि मावि मझगाउ र पुष्पाञ्जली बोर्डिङ स्कुल अत्तरिया भिड्ने भएका छन ।
प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुने जनाइएको छ ।
शुक्रबारको पहिलो सेमिफाइनलमा पुष्पाञ्जलीले पञ्चोदय मावि धनगढीलाई २–१ गोल अन्तरले हरायो । अर्को खेलमा समैजीले उज्यालो शिशु सदन लम्कीलाई सून्यका विरुद्ध छ गोलले पराजित गर्यो ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैया पुरस्कार पाउने आयोजक मदरल्याण्ड युथ क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार