७ कार्तिक २०८१, बुधबार

मालिकार्जुन दार्चुला सेवा समितिले बृहत रक्तदान कार्यक्रम गर्दै



धनगढी । मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले प्रथम बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
भोली फागुन १० गते धनगढीको पार्क मोडमा विहान ९ बजेदेखि सो कार्यक्रम आयोजना गरिन लागेको मालिकार्जुन सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए ।

सामाजिक सेवा अन्तर्गत मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले प्रथम बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष पन्तले बताए ।
उनले मानबीय सेवा प्रदान गर्न रक्तदान कार्यक्रममा उपस्थित भइदिन आग्रह गरे । मालिकार्जुन दार्चुला सेवा समितिले पटक–पटक विभिन्न सामाजिक कार्य गर्दै आएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्
विशेष समाचार