१२ श्रावण २०८१, शनिबार

छानबिनको माग सहित प्रदर्शन



धनगढी । कैलालीको गोदावरी नगरपालिकाकी उर्मिला विष्ट कार्की मृत फेला परेको २० दिन बित्दा पनि वास्तविकता नखुलेको भन्दै बिहीबार धनगढीमा प्रदर्शन गरिएको छ ।
माघ १६ गते घा“स काट्न गहु“ बारीमा गएकी उर्मिला सा“झ घर नफर्केपछि उनको खोजी भएको थियो ।
उनको माघ १८ गते बिहान घर पछाडिको खोलाको किनारामा आ“खाबाट रगत आएको, छातीमा घाउ भएको अवस्थामा शव फेला परेको थियो । घटनाको २० दिन बितिसक्दा समेत प्रहरीले पोस्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको भन्दै उर्मिलाका माइतीपक्षले धनगढीमा बिहीबार प्रदर्शन गरे ।
चर्को नाराबाजी सहित धनगढीको चौराहाबाट सुरु भएको विरोध ¥याली पार्कमोड हु“दै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । उनीहरूले केही बेर जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरे ।
मृतक उर्मिलाकी दिदी हिरा विष्टले १८ गते मृत फेला परेकी उर्मिलाको पोस्टमार्टम रिपोर्ट समेत सार्वजनिक नगरिएको भन्दै दोषी बचाउने चलखेल भइरहेको आरोप लगाइन । मृतकका आफन्तहरूले उर्मिलाको मृत्यु नभई हत्या नै भएको दाबी गरेका छन् । उनीहरूले उर्मिलाको घर परिवारबाट सुनियोजित ढंगले हत्या गरिएको उनीहरूको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चार जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी निरीक्षक प्रकाश कार्कीले भिसेरा परीक्षणको रिर्पोट आउन बा“की रहेको बताउ“दै अनुसन्धानमा कुनै लापरबाही नगरेको दाबी गरे ।
घटना अनुसन्धानकै क्रममा रहेको उनको भनाई छ । आइतबार सम्म रिपोट आइपुग्ने भन्दै उनले त्यसपछि अनुसन्धानमा सहजता आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार