११ श्रावण २०८१, शुक्रबार

मन्त्री बास्कोटाले भने– ममाथिको आरोप गलत



धनगढी । घुस प्रकरणमा पदबाट राजिनामा दिएका संघीय सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले खाएको विषमात्र लाग्ने भन्दै आफूमाथि लागेको ७० करोड रुपैया घुस बार्गेनिङ आरोप सत्य नभएको जिकिर गरेका छन् ।
बिहीबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा उनले भने– आरोपहरू आउ“छन् । कहिले भ्रष्टाचारको, कहिले दुराचारको, तर ती प्रमाणित हुनुपर्छ । उनले यस्ता आरोप दिनदिनै लाग्ने भन्दै आफूमाथि लागेको आरोप सत्य नभएको बताए ।
‘६० कि ७० करोडको कुरा आएको छ, जतिसुकै होस् मलाई के थाहा छ भने मैले पार्टी र नेता कार्यकर्तालाई धोका दिन हु“दैन’ उनले भने– प्रविधि अनेक थरिका छन् । ३० देखि ६० कति दिने कुरा हुन्छ नि । जे भए पनि अर्बबाट करोडमा आएपछि किन चिन्ता गर्नु प¥यो ।
आफूमाथि लागेको गम्भीर आरोपलाई हा“सोमा उडाउ“दै उनले आरोप पुष्टि गर्न चुनौति दिए ।
‘नेकपाको भ्रष्टाचार अस्वीकार गर्ने चरित्र छ । यसका नेता कार्यकर्ताले गर्न मिल्दैन र गरेमा पार्टीले भोग्दैन । व्यक्तिले भोग्नु पर्दछ’ उनले भने– खाएको बिष पो लाग्छ, नखाएको लाग्दैन । आरोप लगाएर त हुदैन नि । त्यसमा अरु नै चिजको संयोजन होला नि ।
उनले सत्ता सञ्चालन गर्दै सबैलाई यस्तै आरोप आउने जिकीर गरे । काम गर्दा वडाध्यक्षदेखि मेयरसम्मले भ्रष्टाचारको आरोप खेप्नु पर्ने भन्दै उनले सबै भ्रष्टाचारी हुन् भनेर कुनै निकायबाट प्रमाणित हुनुपर्ने दावी गरे ।
सरकार भ्रष्टाचारको विरोधमा हु“दाहु“दै चुर्लुम्म डुबेको आरोप लगाइएको उनले बताए । ‘बालुवाटारको छानबिन गरेर मुद्दा दायर हुन्छ, तर माधव नेपाललाई र विष्णु पौडेललाई खै भन्न मिल्छ ?’ उनले भने– अख्तियारजस्तो स्वतन्त्र निकायले गरेको काममा पनि किन अरुलाई जोड्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार