११ श्रावण २०८१, शुक्रबार

साझेदारी मञ्चको बैठक



सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार साझेदारी मञ्चको बैठक भएको छ । स्थानीय तहले गरेका कामकारबाही प्रभावकारी बनाउने उदेश्यले साझेदारी मञ्च गठन भएको छ ।
कार्यक्रम गौरीगंगा नगरपालिका प्रमुख भीम बहादुर देउबाको अध्यक्षतामा भएको थियो ।
आयोजक एफएमडिसीका पारस्पारिक जवाफदेहीता परियोजनाका संयोजक ओम जोशीका अनुसार बैठकमा स्थानीय सरकारलाई उत्तरदायी र पारदर्शी बनाएर सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले मञ्च गठन गरिएको हो ।
बैठकमा गौरीगंगा नगरपालिकाका वडाध्यक्षहरू जगत राम चौधरी, नरेन्द्र बहादुर शाह, भागरथी बिष्ट, कमला कुमारी ओझा शर्मा, दल बहादुर कुमाल, हरि प्रसाद तिवारी, र बिनोद कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार