१२ श्रावण २०८१, शनिबार

थरुहट नेता लक्ष्मणद्वारा अनशन स्थगन



धनगढी । धनगढीमा आमरण अनशनमा रहेका थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन स्थगित गरेका छन् ।
संवाद समुह धनगढीको पहलमा जिल्ला स्थित विभिन्न राजनीतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन स्थगित गरेको बताएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी सहित ११ जनाको रिहाइ लगायतको माग सहित फागुन १ गतेदेखि नेता लक्ष्मण अनशन बसेका थिए । उनको स्वास्थ्य अवस्था विग्रेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
थरुहट नेता लक्ष्मणलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन स्थगित गराएका थिए ।
टीकापुर घटना बारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायधिश गिरीशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन स्थगित गरिएको थरुहट÷थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए ।
उनले आन्दोलनका अन्य विकल्पहरू अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए ।
‘सरकारले हाम्रो माग सम्बोधन गर्न चासो दिएन । तर, यहा“का दलहरूले सरकारलाई पहल गर्ने बताएपछि अनसन स्थगित गरिएको हो’ उनले भने, ‘अनसन तोडे पनि हाम्रो आन्दोलन भने रोकिने छैन ।’
अनसन स्थगित लगत्तै थारुले माग सम्बोधनका लागि आन्दोलन जारी रहने बताए । उनले भने– १४ बु“दे माग दिएर म अनसनमा बसेको थिए । सरकारले माग सम्बोधनमा चासो नदिए पनि यहा“ राजनैतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
यसअघि संवाद समुह धनगढीले जिल्लाका विभिन्न राजनीतिक दल र आन्दोलनरत पक्षसंग छलफल गरेको थियो ।
छलफलका क्रममा प्रदेश सभा सदस्य मालामति रानाले टीकापुर घटना विशुद्ध राजनैतिक घटना भएपनि राज्यले यसलाई अपराधिक घटना बनाएको बताइन् । उनले अनसनमा रहेका लक्ष्मणको स्वास्थ्य अवस्था विग्रदै जा“दा पनि सरकारले कुनै चा“सो नदिएको बताइन् ।
नेपाली का“ग्रेस कैलालीका सचिव पूर्ण कु“वरले टीकापुर घटनालाई राज्यले अपराधिक घटना बनाउन नहुने, त्यससम्बन्धी पेश भएका विभिन्न आयोगका प्रतिवेदनहरु राज्यले सार्वजनिक गर्नुपर्ने, आन्दोलनरत पक्षका जायज मागहरु संवोधन गराउनमा सरकार गम्भिर हुनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा नेकपाका रमेश धामी, निर्मल शाह, राजपाका फणीराम चौधरी, जनमोर्चाका जगतप्रसाद जोशी, संवाद समुहका सदस्य गयाप्रसाद कुश्मी, साझा पार्टीका जिल्ला संयोजक रोशन पन्त, नेपाली का“ग्रेसका प्रकाश वम, नया“ शक्ति पार्टीका कृष्णकुमार चौधरी (कुन्दन), थरुहट÷थारुवान संघर्ष समितिका प्रवक्ता माधव थारु, टीकापुर राजबन्दी रामप्रसाद चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।
अनसनका कारण लक्ष्मणको स्वास्थ्य अवस्था विग्रन थालेपछि छलफल गराइएको संवाद समुहका संयोजक कर्ण शाहले बताए । उनले विभिन्न माग राख्दै लक्ष्मण अनसनमा बसेपछि स्वास्थ्य अवस्था विग्रदै गएकोप्रति सुधार ल्याउन सरोकारवाला राजनीतिक दलहरुसंग छलफल गरिएको बताए ।
लक्ष्मणको आमरण अनसनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान् राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार