१२ श्रावण २०८१, शनिबार

थरुहट÷थारुवान आन्दोलन : धनगढीमा केही समय यातायात अवरुद्ध



धनगढी । थरुहट थारुवान् राष्ट्रिय मोर्चाले आन्दोलनका क्रममा शुक्र्बार धनगढीमा सडक अवरुद्ध गरेको छ । मोर्चाका नेताकार्यकर्ताहरूले शुक्रबार करिब आधा घन्टा धनगढीको क्याम्पस रोडमा सडक अवरुद्ध गरेका थिए ।
मोर्चाका नेता माधव चौधरीले आज (शनिबार) क्याम्पसचौकमा तीन घण्टा चक्काजाम गरिने बताए ।
थरुहट÷थारुवान संयुक्त मोर्चाले टीकापुर घटनामा आजीवन कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीसहित ११ जना बन्दीलाई तुरुन्त रिहाई सहितको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
मोर्चाले टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लाल आयोग र देवीराम शर्मा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार