१२ श्रावण २०८१, शनिबार

छाउपडी कुप्रथाबारे अन्तक्र्रिया



बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा बिहीबारदेखि छाउपडी कुप्रथा अन्त्यका लागि अन्तक्र्रिया शुरु भएको छ ।
संघीय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको आयोजनामा कार्यक्रम सुरु भएको जनाइएको छ ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच अन्तरक्रिया भइरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउँदका अनुसार कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, धामी झा“क्री, शिक्षिका, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको छ ।
नगरपालिकाका उपप्रमुख राधिका देवी सुनारले त्रिवेणी नगरपालिकाका सरोकारवाला र जनप्रतिनिधिले सेनेटरी प्याड बोकेर गाउ“ गाउ“मा जनचेतना फैलाउन आवश्यक बताइन् ।
उनले छाउपडी कुप्रथा अन्त्यका लागि नगरपालिकाले सचेतना अभियानलाई निरन्त्रता दिइरहने बताइन् ।
उनले पहिले गाउ“गाउ“मा गएर छाउपडी कुप्रथा विरुद्ध सामाजिक जनचेतना जगाउने, सरसफाई र सेनेटरी प्याड लगायतका सामग्री वितरण गर्ने, महिनावारी भएका महिलाको बासस्थान अवलोकन गर्ने, असुरक्षित देखिए तत्काल छाउगोठ भत्काउन निर्देशन दिने लगायतका कामलाई अगाडी बढाउने बताइन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार