१२ श्रावण २०८१, शनिबार

एक वर्षमा विभिन्न घटनामा ५१ को मृत्यु



दार्चुला । दार्चुलामा गत आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा विभिन्न घटनामा ५१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा १८ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै, चालू आर्थिक वर्षको माघ तेस्रो सातासम्म सात जनाले आत्महत्या गरेका छन् । भने सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
गत आर्थिक वर्षमा दार्चुलामा सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने अन्य घटनामा १५ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्रबहादुर शाहीका अनुसार गत आर्थिक वर्षमा जिललमा एउटा यात्रुबाहक बस, दुई वटा जीप र एउटा मोटरसाइकल दुर्घटनामा १५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार