१० चैत्र २०८१, सोमबार

घोडाघोडी जनजागरण मञ्चको नयाँ कार्यसमिति चयन



सुखड । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चको आइतबार १४ औं साधारण सभा भएको छ ।
साधारण सभाले हेमबहादुर बमलाई अध्यक्षमा चयन गरेको छ । मञ्चको उपाध्यक्षमा टेकराज आचार्य, कोषाध्यक्षमा गंगा सुनार र सचिवमा हरिलाल सापकोटा चयन भएका छन् ।
त्यस्तै, सदस्यमा जयबहादुर बम, खडक कडायत, ज्योति खड्का, विश्व देवकोटा, अ्रगता ओली, हरिकला सापकोटा र लक्ष्मी मल्ल रहेका छन् ।
यसअघि साधारण सभाको सुदूरुपश्चिम प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले उद्घाटन गरेका थिए । साधारण सभा मञ्चका निवर्तमान अध्यक्ष दिपेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा गत आर्थिक वर्ष २०७५÷२०७६ को १५ लाख २१ हजार रुपैया“को वास्तविक तथा चालू आर्थिक वर्ष २०७६÷२०७७ को ८३ लाख ६१ हजार हजार रुपैयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार