१२ श्रावण २०८१, शनिबार

बेहडाबाबा गुरुकुल महायज्ञ हुदै



धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा बेहडाबाबा गुरुकुल स्थापनाका लागि सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
बेहडाबाबामा गुरुकुल पाठशाला स्थापनाका लागि फागुन २६ देखि चैत २ सम्म महायज्ञ हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
महायज्ञ मुल आयोजक समितिका संयोजक पदमराज जोशीले महायज्ञमा शेषानन्द, दयानिधी गौतम र लक्ष्मण भारतीले प्रवचन गर्ने जानकारी दिए ।
महायज्ञमा संगितमय प्रवचन, लघुरुद्राभिषेक, चण्डीपाठ, वेदपरायण, ग्रह शान्ति, अष्टचिरन्जीवी पुजा, लक्षवर्ती प्रज्ज्वलन, लक्ष हवन लगायतका कार्यक्रम रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बेहडाबाबा क्षेत्रको भ्रमणका लागि सबैमा आग्रह गरे ।
उनले भने– बेहडाबाबामा उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार पूर्वाधार विकासको काम भईरहेको छ । दर्शनार्थीका लागि सुविधासम्पन्न धर्मशाला निर्माण भैरहेको छ । मन्दिरको सुरक्षाका लागि पर्खाल निर्माण भइरहेको छ ।
उनले मन्दिरबाट गंगामाता मन्दिरसम्म पुग्नका लागि छोटो बाटो निर्माण गर्ने तयारी भईरहेको बताए ।
उनले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माण कार्य पुरा भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार