३ जेष्ठ २०८१, बिहीबार

कोरोना भाइरस रोकथाम गर्न प्रदेशको तयारी



धनगढी । नोवेल कोरोना भाइरसको रोकथाम, प्रतिकार्य तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न नीतिगत निर्णय गरेको छ ।
शनिबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोराना भाइरस रोकथामका लागि गरिएका नीतिगत निर्णयहरूबारे जानकारी गराएका थिए ।
मन्त्री सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रमबारे मन्त्रीस्तरीय नीतिगत निर्णय गरिएको जानकारी दिइका थिए ।
मुख्यमन्त्री भट्टले शनिबार सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिव, महाकाली र सेती प्रादेशिक अस्पतालका पदाधिकारी तथा चिकित्सक लगायतलाई बोलाएर कोरोना भाइरस रोकथाम तथा यसबाट जोगिने तयारीबारे जानकारी लिएका थिए ।
सामाजिक विकास मन्त्रालयले तयार गरेको नीतिगत निर्णयमा प्रदेशमा रहेका सरकारी, गैरसरकारी, सामुदायिक तथा नीजि अस्पतालहरूले कोरोना भाइरस सम्बन्धी तयारी योजना बनाउने उल्लेख छ ।
मन्त्रालयले योजना बनाउदा स्क्रिनिङ र सर्भिलेन्स सम्बन्धी व्यवस्था, आइसोलेसन गर्नका लागि वेड तथा कक्षको छुट्टै व्यवस्थापन र पूर्व तयारी, सुरक्षाका उपायहरू, प्रयोगशाला परिक्षणको व्यवस्थापन, सम्पर्क व्यक्ति र प्रतिकार्य टोलीको व्यवस्था, सूचना तथा सञ्चार सम्बन्धी व्यवस्थापन र केस व्याख्या, प्राविधिक अल्गेरिथम र मार्गदर्शन अनुसार उपचार तथा व्यवस्थापन गर्ने व्यवस्था गरिरहेको उल्लेख छ ।
मुख्यमन्त्रीलाई नीतिगत निणर््ँयबारे अवगत गराउ“दै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाउन लागिएको जनाए ।
स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सर्तकर्ता अपनाउन भनिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, स्वास्थ्य कार्यालयहरूले जनचेतनामुलक स्वास्थ्य शिक्षा सामग्रीहरूको उत्पादन र विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने जनाइएको छ । मन्त्रालयले स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गरी सिमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै, प्रयोगशालालाई परीक्षण सामग्रीहरूको व्यवस्थापन र प्राविधिक सहयोग उपलब्ध गराउन, आपुर्ति केन्द्रलाई औषधी र व्यक्तिगत सुरक्षा सम्बन्धी औजार उपकरणको पूर्वतयारी र प्रवन्ध गर्न मन्त्रालयले निर्देशन गरेको मन्त्री सुवेदीले बताए ।
मन्त्री, मन्त्रालयका अधिकारी तथा स्वास्थ्यकर्मीहरूसंग कोरोना भाइरस रोकथामका लागि भइरहेका प्रयास तथा पहलबारे ब्रिफिङ लिएका मुख्यमन्त्री भट्टले जनतालाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिए ,
उनले केही दिनदेखि बाजुरा जिल्लामा फैलिएको भाईरल ज्वरो, छिमेकी मुलुक चीनमा बढ्दै गएको कोरोना भाइसर बारे सजकता अपनाउनुपर्ने बताए । मुख्यमन्त्री भट्टले प्रचारप्रसारसंगै विमानस्थल र सीमा नाकामा स्वास्थ्य हेल्प डेस्क स्थापना र अवस्था हेरेर प्रदेशका अस्पतालहरूमा छुट्टै बेड तत्काल व्यबस्थापन गर्न निर्देशन दिए ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाले बाजुरामा फैलिएको भाइरल ज्वरो नियन्त्रण हु“दै गएको, प्रभावित क्षेत्रमा जिल्ला अस्पताका डाक्टरको नेतृत्वमा चिकित्सक र औषधि वितरण भैइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार