स्टार सिटी बन्यो पाँचौ फारवेष्ट पशुपति कप च्याम्पियन
धनगढी । बिक्रम सिंहको एकमात्र निर्र्णायक गोलसंगै स्टार सिटी युवा क्लवले धनगढीमा भएको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप उचालेको छ ।
शनिबार धनगढी रंगशालामा दर्शकहरूको चर्को हुटिङबीच उपाधिका लागि भिडेका स्टारसिटी र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवबीचको रोमाञ्चक खेलमा अन्नतः स्टारले बाजी मा¥यो ।
दुवै टीमले गोलका लागि आक्रमण गरे पनि बिक्रमले इन्जुरी समयको एक मिनेटमा गरेको गोलले स्टार सिटीलाई पा“च लाख रुपैया“ पुरस्कारसहित आकर्षक ट्रफी दिलायो । इन्जुरी टाइमको एक मिनेटमा ओरियलको पासमा बिक्रमले गोल गरेका थिए ।
उपविजेता सुदूरपश्चिम–११ ले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।
कपसंगै प्रतियोगिताका विभिन्न विधामा पनि स्टारसिटीका खेलाडीको नै बर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका स्टार सिटीका कुवेर सिंहले २५ हजार रुपैया“ पुरस्कार प्राप्त गरे ।
त्यस्तै, स्टार सिटीकै कुमार शाही उत्कृष्ट प्रशिक्षक, प्रियम खड्का उत्कृष्ट गोलरक्षक, राकेश हमाल उत्कृष्ट रक्षक तथा बिक्रम सिंह सर्वाधिक गोलकर्ता खेलाडी बने ।
प्रतियोगितामा उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लवका रोहित सिंह बने । विभिन्न विधामा उत्कृष्ट बनेका खेलाडीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावत लगायतले विजेता टिम तथा खेलाडीलाई कप, तथा पुरस्कार वितरण गरे ।
प्रतियोगिता गत १७ गतेदेखि सुरु भएको थियो ।
यस वर्षको फारवेष्ट पशुपति कप फुटवललाई हाईलेण्डर प्योर ह्वाइट भोड्काले मुख्य प्रायोजन गरेको थियो । त्यस्तै, प्रतियोगिताको सहप्रायोजक एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजक एक्सप्रेस अटो केयर रहेका थिए ।