११ श्रावण २०८१, शुक्रबार

डोटीका तीन स्थानीय तहमा विद्युत पुगेन



डोटी । डोटीका तीन वटा स्थानीय तहका विभिन्न वडामा अझै विद्युत सेवा पुगेको छैन । डोटीको बोगटान फुडसिल, बडीकेदार तथा जोरायल गाउ“पालिकाका केही वडामा अहिले पनि विद्युत सेवा पुगेको छैन ।
जोरायल गाउ“पालिका वडा नम्बर ५ गडसेराका सबै गाउ“मा विद्युत् सेवा नपुगेको तथा दिउ“सो ११ बजेदेखि सा“झ ५ बजेसम्म विद्युत लाइन कटौती हुने गरेको जनगुनासो छ ।
त्यस्तै जिल्लाको बडीकेदार गाउ“पालिका अहिलेसम्म विद्युत सेवा विस्तार भएको छैन । त्यस्तै, बोटगटान फुडिसल गाउ“पालिकाको टुडागाढमा टुडागाड विद्युत पावरहाउस भए पनि सबै वडामा सेवा पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार