११ श्रावण २०८१, शुक्रबार

वडाध्यक्ष हत्या घटना : अनुसन्धानका लागि अनुसन्धान टोली पठाइयो



धनगढी । अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय, धनगढीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान टोली खटाएको छ ।
वडाध्यक्ष धामीको गोठमा मंगलबार बिहान रक्ताम्य अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख (प्रहरी उपरीक्षक) दीपक भारतीले अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहितको टोली आउन लागेको बताए ।
वडाध्यक्ष धामीको शव मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको पैदल दूरीमा रहेको गैरीगाउ“को एउटा गोठमा भेटिएको थियो । उनको सोमबार राती हत्या भएको आशंका गरिएको छ ।
संघीय प्रहरी इकाई कार्यालयका धनगढीका प्रहरी बरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली पठाइएको बताए ।
‘धनगढीबाट सात जनाको टोली त्यसतर्फ गइसकेको छ’ उनले भने– तामिलप्राप्त कुकुर सहितको टोली पुगेपछि घटनाबारे थप तथ्य बाहिर आउने अपेक्षा गरेका छौ“ ।
प्रहरी वरिष्ठ उपरीक्षक बोगटीले घटनास्थललाई सिल गरिएको बताए ।
पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले शवको अवस्था हेर्दा उनको बर्बर ढंगले हत्या गरिएको देखिएको बताइन् । उनले भनिन्– गाईवस्तु बा“ध्ने गोठमा रक्ताम्य अवस्थामा शव फालिएको छ । अन्यत्रै हत्या गरेर यहाँ शव फालिएको हामीले अनुमान गरेका छौ“ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार