११ श्रावण २०८१, शुक्रबार

सिकाई केन्द्रको साधारण सभा



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित सुखड सामुदायिक सिकाई केन्द्रको १४ औं वार्षिक साधारण सभा भएको छ ।
वार्षिक सभाको नगर प्रमुख मममता प्रसाद चौधरीले उद्घाटन गरे । कार्यक्रमा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष शिव प्रसाद ढकालको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७५÷२०७६ को आठ लाख ३९ हजार रुपैयाका आयव्यय विवरण पेस गरिएको थियो ।
साधारण सभाले शिव प्रसाद ढकालको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको सदस्यमा होमकान्त आचार्य, रामकुमार चौधरी र निर्मला सन्जाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार