११ श्रावण २०८१, शुक्रबार

सिकाई र उपलब्धीबारे समिक्षा



धनगढी । धनगढीमा सोमबार सुन्दर शान्त परियोजनाको उपलब्धी र सिकाईबारे समिक्षा तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
युनिक नेपालको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुन्दर शान्त परियोजना अधिकृत शोभा चौधरीले परियोजनाको पहिलो चरणमा भएगरेका क्रियाकलाप तथा उपलब्धीबारे जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा ११ वटा क्रियाकलाप भएका छन् ।
छलmफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू नेपालु चौधरी, कुलबिर चौधरी, मालामती राना र दुर्गा विकले पछाडि पारिएका वर्ग र समुदायलाई आफ्नो अधिकारबारे जागरुक बनाउन थप प्रयास गरिनु पर्ने बताए ।
कार्यक्रमको परियोजनाका कैलालीका संयोजक हेमकर्ण विकले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार