१२ श्रावण २०८१, शनिबार

हतियारसहित एक पक्राउ



डडेल्धुरा । डडेल्धुरामा अवैध हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका वडा नम्बर ३ का ५४ वर्षीय नरसिंह नायक रहेका छन् ।
परशुराम नगरपालिका वडा नम्बर ३ द्वारीवन जंगलबाट प्रहरीको टोलीले अवैध भरूवा बन्दुकसहित नायकलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रहरीले नायकको साथबाट एक नाले भरुवा बन्दुक एक थान, चक्कु एक थान, धातुको गोली १६ थान, धातुको छर्रा ९ थान, केप नौ थान, केप बनाउन प्रयोग गरिने पाता ६ थान, बारुद एक बट्टा सहित बरामद गरेको छ ।
पक्राउ परेका नायकमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम हातहतियार खरखजाना कसूरमा बुधबार जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको डिएसी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार