१२ श्रावण २०८१, शनिबार

धनगढी नमुना माविको वार्षिकोत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित धनगढी नमुना माविको ७२ औं वार्षिक साधारण सभा बुधबार भएको छ ।
वार्षिकोत्सव कार्यक्रमको नगर प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख वडले उमहानगरपालिकालाई प्राविधिक शिक्ष“को केन्द्र बनाउने अभियान अघि बढाइएको चर्चा गरे ।
नगर प्रमुख वडले पछिल्लो अढाई वर्षको अवधिमा धनगढीका सात वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्ष“को पठनपाठन भइरहेको र उपमहानगरपालिकाले आफैले पनि प्राविधि शिक्ष“लय सञ्चालन गरेको बताए ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले धनगढी नमुना प्राविधिक विद्यालयबाट गत वर्षको एसईईमा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छात्रा सोनिया बिसी र उत्कृष्ट शिक्षक धर्मराज जोशीलाई ल्यापटप पुरस्कार प्रदान गरे ।
वार्षिकोत्सव कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार