१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा अस्पताल मेसुबिहीन



ललित बोहरा/डडेल्धुरा । डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन । सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपश्चात् भने अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पठाउने निर्णय गरेको थियो ।


केही महिना अगाडि समायोजनमा परी डडेल्धुरा अस्पतालमा पठाइएका मेडिकल सुपरीटेन्डेन्ट नआउँदै उनको अवकाशपत्र डडेल्धुरा अस्पतालमा पुगेको अस्पताल स्रोतले बताएको छ ।
स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत रहेका एघारौं तहका प्रमुख मेसु डा कृष्णप्रसाद खनाललाई डडेल्धुरा अस्पतालमा समायोजन गरेको थियो । तर डा खनाल अस्पतालमा हाजिर हुन नपाउ“दै मन्त्रीस्तरको अर्को निर्णयअनुसार अनिवार्य अवकाशको पत्र डडेल्धुरा अस्पताललाई थमाइएको छ ।
निजामती किताब खानाले डा खनालको उमेर मिति २०७६ मंसिर १ गते ६० वर्ष पुगेको जनाएपछि उनलाई मन्त्रीस्तरको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ४५ (१) मा व्यवस्था भएबमोजिम मिति २०७६ मंसिर २ गतेदेखि लागू हुनेगरी अनिवार्य अवकाश दिइएको हो ।
विगत दुई वर्षयता संघीय सरकारको मातहत रहेको डडेल्धुरा अस्पतालमा न त अस्पताल विकास समिति बनेको छ, न त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नै पठाइएको छ । सरकारले गर्ने व्यवस्थापनको चपेटामा परेको डडेल्धुरा अस्पताल थला परेको छ भने सुदूरपश्चिमका लाखौं गरिब जनताहरू सरकारले गरेको व्यवहारबाट पीडा भोगिरहेका छन् । हाल विशिष्ट विशेषज्ञ अस्पतालमा नाम दर्ज गरिएको डडेल्धुरा अस्पतालमा २ जना मात्रै मेडिकल अधिकृत स्थायी दरबन्दीमा कार्यरत देखिन्छन् ।
अस्पतालका सूचना अधिकृत टंकप्रसाद पन्तकका अनुसार अस्पतालमा कन्सल्टेन्ट चिकित्सक १९ जना र मेडिकल अधिकृत १८ जना, ४४ प्रकारका कर्मचारीलगायत रहने गरी १०९ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको थियो । तर अस्पतालमा ती दरबन्दी पूर्ति भएका छैनन् ।
डाक्टर अभावमा मेसिन बन्द
डडेल्धुरा अस्पातलमा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नागरिकहरूले सेवा लिने गरेका छन् । तर पछिल्लो समय अस्पतालमा भएका उपकारणहरू पनि डाक्टर अभावमा बन्द गरिएको छ ।
अस्पताल स्रोतका अनुसार एक जना फिजिसियन करारमा र ३ जना बालरोग विशेषज्ञ गरी ४ जना डाक्टर छन् । तर कसैले पनि भिडियो एक्सरे मेसिन चलाउने गरेका छैनन् । भिडियो एक्सरे सेवा नह“ुदा यस क्षेत्रका नागरिक तराईका जिल्ला तथा भारतका अस्पताल र निजी अस्पतालमा जान बाध्य छन् ।
विशेषज्ञ सेवा सहितको अस्पतालमा अहिले अपरेसन सेवा त परै जाओस् यस क्षेत्रका नागरिकाले ओपिडी सेवा समेत पाउन मुस्किल हुने गरेको छ । अस्पतालमा अस्पताल विकास समिति र कार्यालय प्रमुख छैनन् भने निमित्त प्रमुख रहेका डा जितेन्द्र क“डेल घरबिदामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार