१० श्रावण २०८१, बिहीबार

विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण कागजमा सीमित



ललित बोहरा/डडेल्धुरा । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ अनुसार विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण हुनुपर्छ । तर, ऐनमा रहेको सो व्यवस्था भने कागजमै समिति भएको पाइएको छ ।


पारस्परिक जवाफदेहिताका लागि संजिवनी नेपालले सुदूरपश्चिममा गरेको सर्वेक्षणले विद्यार्थीहरूको स्वास्थ्य परिक्षण नभएको देखाएको हो ।
डडेल्धुरा लगायतका जिल्लामा संचालित केहि निजी विद्यालय र सामुदायिक विद्यालय बाहेक धेरै जसो सामुदायिक विद्यालयमा विद्यार्थीहरूको नियमित स्वास्थ्य परिक्षण नगरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ मा विद्यार्थीको स्वास्थ्य उपचार सम्बन्धि व्यवस्था गरिएको भएपनि यसको कार्यान्वयन हुन नसकेको सर्वेक्षणले देखाएको हो ।
यस्तै ‘गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७’ मा सामुदायिक विद्यालयहरूले कम्तिमा वर्षको २ पटक विद्यार्थीहरूको नियमित स्वास्थ्य परिक्षण गर्नु पर्ने उल्लेख गरेको छ । तर त्यसको पनि कार्यान्वयन हुन सकेको छैन ।
संजिवनी नेपाल डडेल्धुराका जिल्ला संयोजक मञ्जु भण्डारीका अनुसार विद्यालयहरूमा स्वास्थ्य परिक्षण गर्नु पर्ने कुराका विषयमा धेरै विद्यालयलाई जानकारी नै रहेनछ ।
विद्यालयमा विद्यार्थीहरू बिरामी भएमा नजिकैको स्वास्थ्य संस्थाहरूमा जाने गरेका अमरगढी नगरपालिका–३ मा रहेको घटाल माविका प्राध्यानाध्यापक गणेशबहादुर सावदले बताए । ‘नियमिती स्वास्थ्य परिक्षण हु“दैन,’ उनले भने ‘अहिले विद्यार्थी बिरामी भयो भने नजिकको स्वास्थ्य संस्थामा जाने गरेका छन् ।’
केही प्राथमिक उपचारका साधनहरू विद्यालयमा राख्ने गरेको भएपनि व्यवहारिक रुपमा प्रयोग हुन नसकेको उनको भनाइ छ । गत वर्ष भने विद्यार्थीको आ“खा परीक्षण गर्न सरकारले विद्यालयमा आँखा परीक्षण टोली पठाएको उनले बताए ।
विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या भएर विद्यालयबाटै अस्पताल लैजानु पर्ने तथा समान्य रोगको पनि समयमै उपचार गराउन नपाउ“दा ठूलो समस्या सिर्जना हुने गरेको अजयमेरु गाउ“पालिका–२ मा रहेको सहश्रीलीङ माविका विद्यालय व्यबस्थापन समितीका अध्यक्ष रमेश साह बताउ“छन् ।
हरेक विद्यालयका विद्याथीलाई स्वास्थ्य परिक्षणबाट बञ्चित गराउन नहुने जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ बताउ“छन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामदत्त भट्टले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षणको बारेमा इकाईलाई जानकारी नहुने बताए ।
‘नियमित स्वास्थ्य परिक्षण नहु“दा विद्यार्थीको पठनपाठनको अवस्था कमजोर हुन्छ’ उनले भने, ‘ऐनमा व्यवस्था भए अनुसार विद्यार्थीको स्वास्थ्य परिक्षणमा विद्यालय र स्थानीय तहले चासो देखाएनन् ।’
स्थानीय तहहरूले कार्ययोजना बनाएर विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गराउनुपर्ने भएपनि स्थानीय तहहरूले वेवास्ता गरिरहेको उनको भनाइ छ ।
अजयमेरु गाउ“पालिका अध्यक्ष उमेशप्रशाद भट्टले आफुहरूले स्थानीय तहको स्वास्थ्य कार्यक्रमबाट नभएपनि विभिन्न गैर सरकारी संस्थाका कार्यक्रममार्फत विद्यालय सरसफाई तथा स्वास्थ्य चेकजा“च गर्ने गरेको दाबी गरे ।
डडेल्धुरामा सामुदायीक र संस्थागत गरि कुल २८२ विद्यालय रहेको छन् । ती विद्यालयमा ४६ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

सामाजिक विकास मन्त्रालय के भन्छ ?

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मातहतमा रहेका ९ वटै स्वास्थ्य कार्यालयहरूले केही विद्यालयमा विद्यार्थीको स्वास्थ्य परीक्षण सुरु गरेको जनाएको छ । मन्त्रालयका सुचना अधिकारी हेमराज खड्का अनुसार डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, बझाङ, अझाम, डोटी र बाजुराका सदरमुकाम नजिकका विद्यालयमा परीक्षण सुरु भएको हो ।
विद्यालयमै स्वास्थ्यकर्मीको टोली गएर विद्यार्थीको रगत लगायतका परीक्षण र आधारभुत स्वास्थ्य भित्र पर्ने सबै जा“च गर्ने गरेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्टोलर सुपरभाईजर हरिप्रशाद भट्टले बताए ।
स्थानीय तहहरूले विद्यार्थीको नियमीत स्वास्थ्य जाँच गराउन चाहेमा स्थानीय स्वास्थ्य चौकी, नगर स्वास्थ्य चौकीबाट सहजै सम्भव रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी हरेक विद्यालयले वर्षमा कम्तिमा एक पटक विद्यार्थीको स्वास्थ्य जा“च अनिवार्य गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार