१२ श्रावण २०८१, शनिबार

लम्की सांगीतिक महोत्सव २०७६ सुरु



पदम ओझा/लम्की । कैलालीको लम्कीचुहा नगरपालिका लम्कीमा बिहीबारदेखि लम्की सांगीतिक महोत्सव २०७६ सुरु भएको छ । रेडियो पश्चिम आवाज एफएमको आयोजनामा सो महोत्सव भइरहेको छ ।

“शिक्षा, सूचना विकासको अभियान ः कृषि, ब्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान” नाराका साथ आयोजित महोत्सवको लम्कीचुहा नगरप्रमुख महादेव बजगाईले एक समारोहबीच उद्घाटन गरे ।
सो अवसरमा नगर प्रमुख बजगाईले सञ्चारकर्मी र सञ्चारमाध्यमले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
महोत्सवले यस क्षेत्रको पर्यटन, कृषि, आर्थिक, धार्मिक, सँंस्कृतिक एवं सामाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप टेवा पुग्ने महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद खनालले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार