१० श्रावण २०८१, बिहीबार

गेटा आँखा अस्पतालमा सेवाग्राही बृद्धि



शेरबहादुर ऐर/धनगढी । गेटा आँखा अस्पताल तथा अन्तर्गतका कार्यक्रमबाट सेवा लिनेको संख्या बढ्दै गएको छ । आँखा अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा अस्पताल र मातहातको कार्यक्रममा सेवाग्राहीको संख्या बृद्धि भएको छ ।


अस्पताल र मातहातका कार्यक्रमबाट आर्थिक वर्ष २०७४/७५ मा दुई लाख ४७ हजार आठ सय ४७ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७५/७६ मा दुई लाख ५० हजार नौ सय ८७ जनाले सेवा लिएको उल्लेख छ ।
त्यस्तै, अस्पताल र अन्र्तगतका कार्यक्रममा आर्थिक वर्ष ०७४/७५ मा २९ हजार दुई सय ३२ ले शल्यक्रिया सेवा लिएका थिए भने ०७५/७६ मा २६ हजार चार सय ६८ ले सेवा लिएको उल्लेख छ ।
गेटा आँखा अस्पतालले उपलब्ध गराएको विवरण अनुसार अस्पतालमै प्रदान गरिने सेवा लिन आउनेमा सेवाग्राहीको संख्या भने घट्दै गएको छ ।
अस्पतालले विना टाँका मोतिविन्दुको अप्रेशन, फेको प्रविधिद्वारा मोतिविन्दुको अप्रेशन, जलविन्दुको विशेष उपचार तथा अप्रेशन, दृष्टि पर्दाको विशेष उपचार तथा अप्रेशन, आँखाको नानी विशेष उपचार तथा प्रत्यारोपण सेवा, बाल आँखा उपचार विशेष सेवा तथा अप्रेसन, अकुलोप्लाष्टि विशेष उपचार तथा अप्रेशन लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
अस्पतालका अनुसार आर्थिक वर्ष ०७४/७५ मा एक लाख सात हजार एक सय २६ जनाले बहिरंग सेवा लिएका थिए भने आर्थिक वर्ष ०७५÷७६ मा ९५ हजार नौ सयले सेवा लिएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा २४ हजार ८४ जनाले अस्पतालमा शल्यक्रिया सेवा लिएका थिए भने ०७५/७६ मा २० हजार आठ सय ४२ जनाले सेवा लिएको जनाइएको छ ।
‘गेटा आ“खा अस्पताल सुदूरपश्चिम, कर्णाली प्रदेशका केही जिल्ला र वर्दिया तथा छिमेकी जिल्ला भारतको उत्तर प्रदेश र उत्तराखण्डका मानिसको पहिलो रोजाईमा रहने गरेको छ’ गेटा आ“खा अस्पतालका निर्देशक डक्टर सुरेशराज पन्तले भने– अहिले यहाँ भारतका सेवाग्राही आउने क्रम भने घट्दै गएको छ ।
उनका अनुसार सन २०१३ यता भारतले उत्तर प्रदेश र उत्तराखण्डका मानिसलाई लक्षित सोही क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गरेपछि गेटामा आउने भारतीयको संख्या क्रमिक रुपमा घट्दै गएको हो ।
उनले भने– अस्पतालमा अझै पनि ६० प्रतिशत भारतीय नागरिकनै सेवा लिन आईरहेका छन् ।
उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन दीर्घकालिन योजना आवश्यक रहेको बताए । गेटा आ“खा अस्पतालले विशिष्टिकृत सेवा सञ्चालन गर्न सक्षम भइ ९० प्रतिशत आ“खाका रोगको उपचार प्रदान गरिरहेको बताए ।

सेवाग्राहीको संख्या बढाउन शिविर

गेटा आँखा अस्पतालमा पुगेर सेवा लिनेको संख्या घट्दै गएपछि अस्पतालले प्रदेशका नौ वटै जिल्लामा आँखा शिविर कार्यक्रमलाई जोड दिएको छ । अस्पतालले आर्थिक वर्ष २०७४÷७५ मा ४७ पटक आ“खा शिविर सञ्चालन गरेकोमा आर्थिक वर्ष २०७५÷७६ मा ६१ पटक सञ्चालन गरेको थियो ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २२ हजार नौ सय ७१ ले आ“खा शिविरबाट सेवा लिएका थिए भने आर्थिक वर्ष ०७५÷७६ मा ३४ हजार नौ सय ४६ ले सेवा लिएको उल्लेख छ ।
आर्थिक वर्ष २०७४÷७५ मा चार हजार छ सय १३ ले शिविरमा आ“खाको शल्यक्रिया सेवा लिएका थिए भने ०७५÷७६ मा पाँच हजार छ सय २४ जनाले सेवा लिएको जनाइएको छ ।
अस्पतालका निर्देशक डाक्टर पन्तले भने– नेपालीहरूमा आँखा चेकजाँच नियमित गराउनुपर्छ भन्ने चेतनाको कमी छ । उनले कुनै न कुनै कारणले मानिसमा आ“खासम्बन्धी समस्या भए पनि अस्पतालमा चेकजाँच गराउन जाने प्रवृतिको कमी भएको बताए । उनले भने– अस्पतालले शिविरसंगै आम नागरिकमा सचेतनाका अभियान सञ्चालन गरिरहेको छ । उनले अस्पतालको मुख्य आयस्रोत नै अस्पतालको सेवा शुल्क भएको बताए ।
सुदूरपश्चिम प्रदेशमा सन २००८ मा गरिएको एक सर्वेक्षण अनुसार आँखा विभिन्न रोगका कारणले शून्य दशमलब ४१ प्रतिशत नागरिक दृष्टिविहिन छन भने सम्पूर्ण अन्धोपनमध्ये सबैभन्दा बढी मोतिविन्दुको कारणले ६२ प्रतिशत दृष्टिविहिन भेटिएका थिए ।
सुदूरपश्चिम प्रदेशमा ५० वर्षभन्दा माथिको उमेर समुहका छ श चार प्रतिशतमा आ“खामा मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने तथा सम्पूर्ण जनसंख्याको छ प्रतिशतमा दृष्टिदोष रहेकोमा १५ वर्ष मुनिका बालबालिकामा समेत तीन प्रतिशत दृष्टिदोष रहेको उल्लेख छ ।
अस्पतालका निर्देशक डाक्टर पन्तले भने– समुदायमा आधारित आ“खाको उपचारात्मक प्रतिरोधात्मक तथा प्रवर्धनात्मक सेवा प्रदान गरि सन १९८१ मा रहेको सेती अञ्चलको एक दशमलब दुई प्रतिशत र महाकाली अञ्चलको शून्य दशमलब आठ प्रतिशत अन्धोपनलाई सन २०११ सम्मनै शून्य दशमलब ४१ प्रतिशतमा झार्न अस्पताल सफल भएको छ ।

उपचार केन्द्रमा सेवाग्राही बढ्दै

गेटा आँखा अस्पतालभन्दा उपचार केन्द्रमा सेवा लिनेको संख्या बढ्दै गएको छ । आँखा अस्पतालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा एक लाख १७ हजार सात सय ५० जनाले आँखा उपचार केन्द्रमा उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०७५÷७६ मा एक लाख २० हजार एक सय ४१ जनाले सेवा लिएका थिए ।
यस्तै उपचार केन्द्रमा आर्थिक वर्ष २०७४÷७५ मा दुई हजार एक सय ४५ ले शल्यक्रिया सेवा लिएका थिए भने आर्थिक वर्ष २०७५÷७६ मा दुई हजार १८ ले शल्यक्रिया सेवा लिएको उल्लेख छ ।

मुख्य आयस्रोत सेवा शुल्क

गेटा आँखा अस्पतालको मुख्य आय स्रोतनै अस्पतालले प्रदान गर्ने सेवा शुल्क रहेको छ । अस्पतालले सेवा शुल्कबाट २३ करोड ६१ लाख १३ हजार नौ सय दुई रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
अस्पतालले अप्रेशन, प्रत्यारोपण, उपचार सेवा, परिक्षण सेवा लगायतबाट सेवा शूल्क उठाउने गरेको छ ।
आँखा अस्पतालले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड ९३ लाख १० हजार ३२ रुपैयाँ आम्दानी गरेकोमा २९ करोड १८ लाख ८८ हजार तीन सय ७४ रुपैयाँ खर्च गरेको उल्लेख छ ।
त्यस्तै अन्य आम्दानीअन्र्तगत दुई करोड १६ लाख २४ हजार छ सय २६ रुपैयाँ, स्थानीय तहबाट आँखा शिविरको लागि सहयोगमा १७ लाख ६० हजार नौ रुपैया र दातृनिकायबाट पाँच करोड १५ लाख ७१ हजार पाँच सय चार रकम सहयोग पाएको उल्लेख छ ।
अस्पतालले आम्दानीका रकमहरू सेवा तथा कार्यक्रम, प्रशासनिक तथा अस्पताल सञ्चालन लगायतमा खर्च गर्ने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार