८ असार २०८१, शुक्रबार

विकास योजनामा स्वामित्वको सोच भएन– नगर प्रमुख



धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विकास निर्माण योजनाहरूमा स्थानीयले स्वामित्व लिन नरुचाउने मानसिकता रहेको बताएका छन् ।


लायन्स क्लव अफ धनगढी सिटी र लायन्स क्लव अफ फारवेष्ट नर्सिङ्गले बुधवार विश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको सुगर तथा आ“खा शिविरको उद्घाटनमा उनले विकास निर्माण योजनामा स्वामित्व लिन नचाहने मानसिकताका कारण दिगो विकास हुन नसकेको दाबी गरे ।
उनले भने– आफ्नो घरआगन अगाडीको नाली समेत उपमहानगरपालिकाको हो भन्ने मानसिकताका कारण घरआगन बढारेर नालीमा फोहर फाल्नेहरू प्रशस्त छन् । र त्यस्ता ब्यक्तिहरू नै “नाली फोहर भयो” भनेर गुनासो गर्ने गर्दछन् ।
उनले दुई वर्ष नगरबासीलाई निःशुल्क रुपमा फलफूलका विरुवा वितरण गर्दा पनि ती विरुवा समेत नगरपालिकाको हुन् भनेर हुर्काउन समेत चासो नदिने प्रवृत्ति रहेको गुनासो गरे । भने– गत आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गरियो, तर अधिकांस विरुवा उचित हेरचाहको अभावमा सुके ।
उनले नकारात्मक सोचले समाजको विकास हुन नसक्ने बताए । उनले भने– उपमहानगरपालिकाबाट सञ्चालन हुने कुनै पनि विकास आयोजनाको अनुगमन र निगरानीको जिम्मेवारी स्थानीयको पनि हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार