१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन : नेकपा र कांग्रेसले उम्मेदवारबारे टुंगो लगायो



डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा हुने वडा अध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) तथा नेपाली कांग्रेस डोटीले आ–आफना उम्मेदवारको टुंगो लगाएका छन् ।


आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारूढ दल नेकपाका तर्फबाट राम बोहरा तथा कांग्रेसका तर्फबाट महादेव साउँदलाई उम्मेदवार बनाइएको बताइएको छ । सत्तारूढ दल नेकपाले वडाध्यक्ष पदका लागि बोहरा तथा कांग्रेसले साउँदलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेका छन् ।
तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष प्रेम बोहराको जीप दुर्घटनाका कारण वि.सं २०७५ मा निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचनका लागि उम्मेदवार छनौट भएस“गै नेकपा र कांग्रेस नेता कार्यकर्ताले अहिले गाउ“पालिकामा आफना चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको स्थानीयवासी दीपकबहादुर साउ“दले बताए । उनले भने, ‘अहिले गाउ“मा चुनावी चहलपहल तथा दैनिक आमसभा भइरहेका छन् । आदर्श गाउ“पालिका चुनावमय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार